Logo

सामान्य अंकले शेयर बजार घट्दा १६ अर्बको कारोबार



काठमाडौं, २७ जेठ । शेयर बजारमा आज सामान्य अंकले गिरावट आएको छ । नेप्से सुचक ०.६ प्रतिशत अर्थात १.८० अंकले घटेर आज २९ सय ४४ विन्दुमा थामिएको हो । सेन्सेटिभ इन्डेक्स भने आज २.५९ अंकले बढेर ५२७ दशमलव ६७ विन्दुमा पुगेको छ ।

आज नेप्से परिसुचक अनुसार २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटक कारोबार भएर १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर खरिद विक्रि भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्