Logo

आज यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, २७ जेठ । शेयर बजारमा आज २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटक कारोबार भएर १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर खरिद विक्रि भएको छ ।

नेप्सेको अनुसार आज पाँचथर पावर कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । कम्पनीको आज १० प्रतिशत अर्थात ३५ रुपैयाँले शेयरमुल्य बढेर ३८५ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । त्यस्तै, शिवश्री हाइड्रोपावर कम्पनीको ९.९७ प्रतिशत अर्थात ३२ रुपैयाँले शेयरमुल्य बढेर ३५३ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । आज कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।

ङादी ग्रुप पावरकम्पनीको ९.९३ प्रतिशतले शेयरमुल्य बढेर ४६५ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । यसैगरी, आज माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जाशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, पोखरा फाइनान्स र अपी पावर कम्पनीहरुको शेयरमुल्यमा उच्च बृद्धि भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्