Logo

माधव नेपालबारे सूर्य थापाको टिप्पणी : यसरी त जाने कहाँ होला ?



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपालसँग हिजो निष्ठा, योगदान, संघर्ष, अनुशासन र पार्टी भावना भएकोले त्यहीअनुसारको नेताको रुपमा विकास भएको उल्लेख गरेका छन् । तर, आज नेता नेपालमा अनुशासन, मर्यादा र निष्ठा सकिएको उनको टिप्पणी छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–‘हिजाे निष्ठा,याेगदान,संघर्ष,अनुशासन र पार्टी भावना थियाे,तब राैतहट गाैरका तुलसीप्रसादकाे माधवकुमार नेपालका रूपमा विकास संभव भयाे। आज अनुशासन,मर्यादा र निष्ठा सकियाे,अनि ह्वीप उल्लंघन,कुर्सीचिन्ता,विपरीत मति, कुण्ठित मन,पदलाेलुपता र गुटगत प्रहसन चल्दैछ! यसरी त जाने कहाँ हाेला?’



प्रतिक्रिया दिनुहोस्

Screenshot