Logo

एचआईडिसिएल सहित आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, २७ जेठ । आज ०.६ प्रतिशतले नेप्से घट्दा शेयर कारोबार १६ अर्ब बढीको भएको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा सबैभन्दा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल)को कारोबार सर्वाधिक भएको छ ।

कम्पनीको ५८५ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भई ९३ करोड ९२ लाख बढीको आज कारोबार भएको हो । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको आज १९ सय ५ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भई ४५ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

नेप्सेको अनुसार आज बिहीबार १२ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो ।



प्रतिक्रिया दिनुहोस्