Logo

गुल्मीमा एक पुरुष मृत फेला



तम्घास, २७ जेठ: गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर आज बिहान मृतावस्थामा भेटिएको हो ।

कुँवर घरदेखि करीब तीन सय मिटर नजीकै रहेको राँगाको पाइले भन्ने भीरभन्दा तल मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्