Logo

ज्वालाकुमारी साहले बादलको साथ नछाड्दा बनिन् मन्त्री 



काठमाडौं, २७ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि बादल समूहकी ज्वालाकुमारी साह पनि एमालेमा प्रवेश गरेकी थिइन् । बारा क्षेत्र नं ३ क बाट प्रत्यक्षतर्फ निर्वाचित उनले दल त्याग गरेकाले प्रदेश सभा सदस्य पद नै गुम्यो ।

बाराकी ज्वालाकुमारीले बादलको साथ छाडिनन् । बादल समूहका हस्तीहरु देव गुरुङ, पम्फा भुसाल, मातृका यादवलगायत माओवादी केन्द्रमै रहँदा ज्वालाकुमारी साहले एमाले रोजिन् । उनी बादल समूह हुँदै एमालेमा गएकी हुन् ।

प्रदेश सभा सांसद पद नै गुमेपछि साहलाई कतिपयले गम्भीर गल्ती गरेको समेत भनेका थिए । तर, उनी बादल समूहबाट नै कृषिमन्त्री बन्न सफल भइन् ।

बादललाई गृह छाड्नुपरेको क्षति भर्न प्रधानमन्त्री ओलीले सञ्चार र कृषि जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी उनी पक्षधरलाई दिए । सञ्चारमन्त्री बनाइएकी नैनकला थापा बादलकै पत्नी हुन् ।



प्रतिक्रिया दिनुहोस्