Logo

एमाले प्रदेश कमिटीले सोध्यो सुदुरपश्चिम प्रदेशसभाका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण



काठमाडौं, २७ जेठ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापा र सचिव राजेन्द्र सिंह रावलको संयुक्त हस्ताक्षरसहित सोधिएको स्पष्टीकरणमा पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेको भन्दै यसको कारण पेश गर्न भनिएको छ । ती १७ जना सांसद वरिष्ठ नेता माधव कुमार नेपालनिकट हुन् । उनीहरुलाई २४ घण्टाभित्र जवाफ पेश गर्ने भनिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्