Logo

नायिका निशा घिमिरेको अवस्था अत्यन्तै नाजुक



काठमाडौं, २७ जेठ । कुन समयमा मानिसलाई आपत आइलाग्छ त्यो कसैलाइै थाहा हुँदैन् । अभिनेत्री बन्ने रहरले भारत पुगेकी नेपाली कलाकार निशा घिमिरेको जीवनमा अप्रत्याशित घटना भएको छ । उक्त घटनाले उनको जीवनमा सुन्दर संसारको कल्पना–कल्पनामै सिमित हुने भएको छ ।

डिप्लोमा अध्ययनका लागि भारत पुगेकी निशा सवारी दुर्घटनामा परेकी हुन् । जसको कारण उनको ब्रेन ह्यामरेज भयो । दुर्घटनामा परेपछि लामो समय भारतमै उपचार भयो । तर अस्पतालको खर्च धान्न नसकेपछि परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाली दुतावासमा खर्चको व्यवस्था गर्न माग गरेपनि कतैबाट सहयोग नपाएको परिवारको भनाई छ ।

निशाको उपचार गर्दागर्दै परिवारको सम्पत्ति सकिएको परिवारले बताएको छ । निशाका परिवार कोठा भाडा तिर्न नसकेपछि हाल भैसीपार्टीस्थित टिनले बारेर एउटा झुप्रोमा बसेका छन् । उनको हालको अवस्था देखेर जो कोहीको पनि आँखा रसाउछ ।

निशा घिमिरेको हालको अवस्था

निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भुुमिका निभाएकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । निशालाई सहयोग गर्न उनका बाबु राजु घिमिरेलाई ९८५१२३८९५२ मा सम्पर्क गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्