Logo

मुख्यमन्त्री गुरुङ्ग विश्वासको मत लिन असफल



काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग विश्वासको मत लिन असफल भएका छन् । आज विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव गरेपछि उनले आवश्यक न्यूनतम ३१ मत प्राप्त गर्न नसकेपछि असफल भएका हुन् । तर, उनले विश्वासको मत लिन नसक्ने निश्चितप्रायः भएको छ ।

कुल ६० जना प्रदेश सभा सांसद रहेको प्रदेश सभामा विश्वासको मतको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो । एकजना स्वतन्त्र सांसद अनुपस्थित रहे । राजमोको कृष्णचन्द्र थापा तटस्थ बसे ।

नेकपा एमालेको २७ र राष्ट्रिय जनमोर्चाको १ गरी २७ मत विश्वासको मतको पक्षमा परेको थियो । नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको ११, जसपाको २, राष्ट्रिय जनमोर्चाको २ गरी ३० मत विपक्षमा परेको थियो ।

विश्वासको मत लिन असफल भए सविधान बमोजिम प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकारको आव्हान गर्नेछिन् । त्यतिबेला काँग्रेसका कृष्णचन्द्र नेपालीले बहुमतको दाबी प्रस्तुत गर्ने तयारी भइसकेको छ ।

नेपालीले बहुमतको दाबी सिद्ध गर्न काँग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २, राजमोका २ का अलावा स्वतन्त्र सांसद दिपक मनाङको समर्थन आवश्यक हुन्छ । सभामुखले राजीनामा दिएर बढेमा पनि नेपालीको पक्षमा बहुमत पुग्छ । बहुमतका लागि त्यस्तो सम्मको तयारी भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्