Logo

आज ५९ संक्रमितको मृत्यु



काठमाडौं, २७ जेठ । कोरोना संक्रमणबाट आज थप ५९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज नेपालमा कोरोना भाइरसका ३ हजार ७ सय ४९ जना संक्रमित थपिएका छन् ।

आज ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख १५ हजार ५ सय ९१ जना संक्रमणमुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्