Logo

महन्थ र राजकिशोरको गेरुवस्त्र



काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पछिल्लो समय गेरुवस्त्रमा देखिन थालेका छन् । उनी हरेक सार्वजनिक कार्यक्रममा गेरु वस्त्रमै देखिन्छन् ।

ठाकुर मात्र नभई जसपाको उनीपक्षीय कतिपय नेताहरुले पनि गेरु वस्त्रकै प्रयोग गर्न थालेका छन् । आज उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका राजकिशोर यादवले पनि गेरु वस्त्रमै सपथ लिए । यादवको गेरु वस्त्रको चर्चा निकै चल्यो ।

सपथ कार्यक्रममा सहभागी जसपा अध्यक्ष ठाकुर पनि गेरु वस्त्रमै पुगेका थिए । धार्मिक अर्थ राख्ने गेरु वस्त्रको प्रयोग जसपा नेताहरुबाट हुनुलाई चासोका साथ हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्