Logo

बूढानीलकण्ठमा शुक्रबार पुनः खोप लगाइने



काठमाडौँ, २७ जेठ: बूढानीलकण्ठ नगरपालिकाले आज स्थगित खोप कार्यक्रम शुक्रबार पुनः शुरु गर्ने भएको छ । सोमबार र मङ्गलबार गरी एक हजार ९०८ लाई कोभिड १९ विरुद्ध चाइनिज भेरो सेल खोप लगाइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयबाट सीमित खोप प्राप्त भएकाले बिहान ९ देखि अपराह्न ३ बजेसम्म ६० देखि ६४ उमेर समूहका नागरिकलाई लगाइने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । खोप बुनपा–२ गणेशचोक र १० कपनबेखमा लगाइने छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्