Logo

विपक्षी गठबन्धनको बैठकबाट गण्डकी प्रदेशमा सरकार गठनको रणनीति तयार



काठमाडौं, २७ जेठ । विपक्षी गठबन्धनको शिर्ष नेताहरुले प्रदेशहरुमा आफ्नो नेतृत्वको सरकार गठनको रणनीतिबारे छलफल गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा शिर्ष नेताहरु भेला भएर छलफल गरेका हुन् ।

देउवासँग ७ प्रदेशमै विपक्षी गठबन्धनको नेतृत्वको सरकार बनाउनेबारे छलफल गर्न माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी भए । उनीहरुले पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समिक्षा गर्दै भावी रणनीति तय गरेको बुझिएको छ ।

विशेषगरी गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आवश्यक १ सांसद जुटाउनेबारे छलफल केन्द्रित रह्यो । दिपक मनाङेको साथ लिने देखि नेपाल पक्षका १ सांसदको साथ लिने विषयमा पनि छलफल भएको बुझिएको छ । गण्डकीमा काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने सहमति विपक्षी गठबन्धनमा भएको छ । तर, १ सांसद नपुग्दा अलमल भएको छ ।



प्रतिक्रिया दिनुहोस्