Logo

पूर्णता पाएपछि मन्त्रिपरिषदको पहिलो बैठक : प्रवक्तामा थापा नियुक्त, गोपनियता कायम गर्न मन्त्रीहरुलाई निर्देशन



काठमाडौं, २७ जेठ । मन्त्रिपरिषदले पूर्णता पाएपछि आज सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक बसेको छ । आज बसेको बैठकले सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गरेको थियो ।

सरकारको प्रवक्तामा प्रायः सञ्चारमन्त्री नै नियुक्त गरिने प्रचलनअनुसार थापालाई उक्त जिम्मेवारी दिइएको हो । त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको गोपनियता कायम गर्न पनि सबै मन्त्रीहरुलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्