Logo

अदालतको फैसलापछि भीम रावलले दिए ज्वालासहित चार सांसदलाई बधाई



काठमाडौं, २७ जेठ । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले सर्वोच्च अदालतले कर्णाली प्रदेश सभाका चार सदस्यमाथि गरिएको कारबाही रोकेको भन्दै चारै जना प्रदेश सभा सदस्यहरुलाई बधाई दिएका छन् । सर्वोच्चका न्यायाधीश प्रकाशसिंह राउतको इजलासले बिहीबार सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

अदालतको आदेशपछि रावलले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो लेखेका छन-“आज सर्वोच्च अदालतको फैसलाले केपी ओलीबाट पार्टी विधान विपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरी कर्णाली प्रदेश सभाका चार सदस्यमाथिको कार्वाई रोकिदिएको छ।चारैजना प्रदेश सभा सदस्य कमरेडहरूलाई बधाई! राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा अभियान जारी राखौं!”



प्रतिक्रिया दिनुहोस्