Logo

दीपक मनाङेले दिए पदबाट राजीनामा



काठमाडौं, जेठ २८ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । मनाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद मनाङेको राजीनामा पत्र विहिबार नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ ।

मुख्यमन्त्री गुरुङले बिहिबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित भएर सम्पर्कबिहिन भएका थिए। राजीनामा पत्रमा उनले विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिएकै कारण आफुले राजीनामा दिएको उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा मनाङेले प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको उल्लेख गरेका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार साँझ मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेको पत्रसमेत सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्रीबाट वैशाख २६ मा राजीनामा गरेका मनाङे पुनः जेठ ५ गते संसद्‌मा सहभागी ठूलो दलको नेताको हैसियले मन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्