Logo

युरोकप फुटबल आजबाट सुरु हुँदै



काठमाडौं, जेठ २८ । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट सुरु हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुने भएको हो । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२ बजेर ४५ बजे सुरु हुनेछ ।

ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोली जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरहरु लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्