Logo

यस्तो छ नवौं महाधिवेशनले निर्माण गरेको एमाले केन्द्रीय कमिटी (नामावलीसहित)



काठमाडौं, २८ जेठ । नेकपा एमालेको नवौं महाधिवेशनले निर्माण गरेको कमिटी ब्युँतने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनले निर्माण गरेको कमिटीको बैठक डाक्ने तयारी समेत गरेको बुझिएको छ ।

नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । उनले माधवकुमार नेपाललाई पराजित गरेका थिए । महासचिवमा इश्वर पोखरेल निर्वाचित भएका थिए । दुवै नेता अझै पनि पदाधिकारीमै छन् ।

एमालेको नवौं महाधिवेशनले १४४ जना केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । ६१ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । कुल २०५ केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए ।

पदाधिकारीमा माधव नेपाल समूहबाट चुनाव लडेकाहरु बढी निर्वाचित भएका थिए । केन्द्रीय कमिटीमा पनि दुवैतर्फ आधा आधा जस्तो संख्या थियो । तर, ७ वर्षयता अवस्था फेरबदल भइसकेको छ । अहलिे नवौं महाधिवेशनको केन्द्रीय कमिती सदस्यमध्ये कतिपयको मृत्यु भइसकेको छ । कतिपयले गुट परिवर्तन गरेका छन् ।

नवौं महाधिवेशनको केन्द्रीय कमिटीमा ओली खेमा बहुमतमा देखिन्छ । माधव नेपाल खेमामा ४० प्रतिशत पकड देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्