Logo

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौ., २८ जेठ । नेपाली बजारमा केही दिनदेखि थपघट हुँदै आएको सुनको मूल्य आज ६ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा खरिद बिक्रि भैहरेको छ । हिजो प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य पनि आज बढेको छ । बिहीबार ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९४ हजार रुपैयाँमा किनबेच भएको छ ।

यसैगरी, आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदीको मुल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्