Logo

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने, दुई कम्पनीले बोलाए आज विशेष सभा



काठमाडौं, २८ जेठ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति गर्ने सम्बन्धि प्रस्ताव पारित गर्न आज दुवै कम्पनीले विशेष साधारण सभा बोलाएका छन् ।
नेपाल फाइनान्सको सभा केन्द्रिय कार्यालय कमलादी र ललितपुर फाइनान्सको सभा केन्द्रिय कार्यालय लगनखेलमा हुने भएको छ । दुवै कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने भएका हुन् ।
पुस महिनामा नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर भएको थियो । नेपाल फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा.हिरेन्द्रमान प्रधान र ललितपुर फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरेका थिए ।

नेपाल फाइनान्सको करिब ३१ करोड रुपैयाँ र ललितपुर फाइनान्सको करिब २४ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ ।
ललितपुर फाइनान्सलाई प्राप्ति पछि नेपाल फाइनान्सको नामबाट नै कारोवार हुनेछ र नेपाल फाइनान्सका संचालक समिति र व्यवस्थापनले संस्था संचालन गर्नेछन् ।

नेपाल फाइनान्सको २ शाखा छन् र थप ६ शाखा तथा २ एक्टेन्सन काउन्टर खोल्ने प्रक्रियामा रहेको छ । त्यस्तै, ललितपुर फाइनान्सको ३ वटा शाखा संचालनमा छन् । प्राप्ति पछि जम्मा शाखा सख्या १३ पुग्ने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्