Logo

धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गरेको आधारपत्र सार्वजनिक गर्न ओली र देउवासँग कँडेलको माग



काठमाडौं, २८ जेठ । पब्लिक इनोभेटर ई. दिपेन्द्र कँडेलले धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गरेको आधार प्रस्तुत गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को ५ अनुसार सरकार आह्वान गरेपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले दाबी प्रस्तुत गरेका छन् ।  देउवाको पक्षमा १४९ जनाको हस्ताक्षर शितलनिवास लगिएको थियो ।

उनलाई माओवादी केन्द्र, नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाले साथ दिएको हो । राष्ट्रपतिले दिएको समयसिमा भन्दा अघि नै देउवा शितलनिवास पुगेका थिए । तर, देउवाभन्दा अघि नै प्रधानमन्त्री ओली पनि १५३ को समर्थन छ भन्दै शिलतनिवास पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्