Logo

देउवालाई चूनौति दिने प्रकाशमानको घोषणा (भिडिओसहित)



काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेधशन भदौमा सम्पन्न हुने स्पष्ट पारेका छन् । उनले यसपटक आफू सभापतिमा उठ्ने पनि दाबी गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सभापति शेरबहादुर देउवाले नै भदौमा महाधिवेशन सम्पन्न गर्ने घोषणा गरेकोले सबै नेता तथा कार्यकर्ता अब महाधिवेशनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले आफू सभापतिको लागि न्याचुरल क्याण्डिडेट भएको पनि सुनाए । उनले आफू नेताको छोरा भएको कारणले नेतृत्वमा दाबी गर्न खोजेको पनि नभएको टिप्पणी गरे । उनले भने,‘मैले दुःख, कष्ट सबै भोगेको छु, जेल नेल सबै भोगेको छु । म ग्रास रुटदेखि नै काम गरेर आएको हुँ । मैले पार्टीमा अवसर पनि पाएको छु ।’



प्रतिक्रिया दिनुहोस्