Logo

बालबालिकालाई बाल्यावस्थादेखि नै संस्कारी बनाउन के गर्ने



सत्य र इमानदारीको बाटोमा बाधा अवश्य पनि आउछन् तर जीत सधै सत्य र इमान्दारीताको हुन्छ भन्ने ज्ञानको बोध गराउनुपर्छ ।

एजेन्सी, २८ जेठ । परिवार बालबालिकाको लागि पहिलो पाठशाला हो । जहाँबाट जीवनको पहिलो पाठ सिक्छन् । आमा उनीहरुको पहिलो शिक्षक हुन् । बच्चाहरुमा राम्रो मुल्यमान्यता जगाउन आमाबाबुको भुमिका महत्वपुर्ण हुन्छ । तर पछिल्लो समयमा बालबालिकाहरुलाई राम्रो संस्कार दिन आमा–बाबुलाई अफ्ठेरो परिरहेको छ । बच्चाहरुलाई धेरै बुझाउनुले मात्र केही फरक पार्दैन तर बाल्यकालदेखि नै राम्रो संस्कार दिन सकियो भने संस्कारवान् अवश्य हुन्छन् ।

गुणस्तरीय समय दिनुपर्छः बच्चाको दिमाग खाली स्टेल जस्तै हो, यस्मा हामीले जे लेख्न चाहान्छौ सोही कुरा लेख्न सक्छौ । बाल्यकालमा मस्तिष्कमा लेखिएका आजीवन रहन्छन् । यो प्रक्रिया ४ देखि ६ वर्षको उमेरसम्म जारी रहन्छ । बच्चाहरुले बाबु आमाले जे गरेको देख्छन् त्यही कुरा नै सिकीरहेका हुन्छन् । जुन परिवारमा आमा बुबा दुवैजना काम गर्छन् त्यो परिवारमा यो धेरै समस्या हुन्छ । यस्तो अवस्थामा उनीहरुलाई गुणस्तरीय समय दिएर सिकाउनु आवश्यक हुन्छ ।

उदाहरण दिएर सम्झाउनुपर्छः बालबालिकासँग कुरा गर्दा सबैभन्दा पहिला त उनीहरुको विश्वास जित्नुपर्छ, ताकी बच्चाले अभिभावकसँग कुरा खुलेर गर्न सकोस् । यदि बच्चालाई बोली पच्छिे गाली गरिन्छ भने उनीहरुले आफ्नो कुरा लुकाउन र बहाना बनाउन खोज्छन् । उनीहरुलाई मायासँगै उदाहरण दिएर सही÷गलतको फरक बताइदिनुपर्छ ।
सत्य र इमान्दारीः बालबालिकाहरुलाई सत्य बोल्ने बानी पार्नुपर्छ, यसको लागि आमा बुबा पनि सत्य बोल्नुपर्छ । सत्य र इमानदारीको बाटोमा बाधा अवश्य पनि आउछन् तर जीत सधै सत्य र इमान्दारीताको हुन्छ भन्ने ज्ञानको बोध गराउनुपर्छ । यस्ता ज्ञानले कहिल्यै पनि बच्चाहरुको पथ भ्रष्ट हुँदैन् ।

ईश्वरमा आस्था र सहयोगः बालबालिकालाई भगवानप्रति आस्था राख्दा काम गर्ने प्रेरणा प्राप्त हुने बताउनुपर्छ । उनीहरुलाई बचपनबाट नै अन्य मानिसहरुलाई सहयोग गर्ने भावनाप्रति प्रेरित गर्नुपर्छ । उसलाई परिवारमा सबै काम एक–अर्काको सहयोगबाट सम्भव हुने सम्झाउनुपर्छ । घरमा सबै सदस्यलाई काम बाँडफाँट गर्नुपर्छ, ताकी बच्चालाई पनि जिम्मेवारीको महसुस होस् ।

कर्तव्यनिष्ठा र प्रेमको भावनाः सानैदेखि बालबालिकालाई प्रत्येक व्यक्तिको आफ्नो परिवार, समाज, देशप्रति फरक–फरक कर्तव्य हुन्छ र त्यसलाई निभाउनु पर्छ भन्ने बताउनुपर्छ । उसलाई प्रेमको गुण पनि बताउनुपर्छ । पारस्परिक सद्धाव र प्रेम–भ्रातृत्वको साथमा सफलता जीवनमा सजिलै प्राप्त गर्न सकिने शिक्षा दिनुपर्छ । यस बाहेक, वृद्ध, असहाय, अपांग, गरीब, बिरामी आदिप्रति सहानुभूति देखाउन सिकाउनुहोस् ।

सहनशिलता र चरित्रः पछिल्लो समयका बालबालिकाहरुमा सहनशिलताको कमी छ । उनीहरुले कसैको हस्तक्षेप मन पराउदैनन् । त्यसकारण पनि आमा बाबुले बच्चाहरुलाई प्रत्येक परिस्थितिमा सहनसिल हुन सिकाउनुपर्छ । प्रत्येक कुरामा तुरुन्त प्रतिक्रियाको सट्टा बृद्धिमानी र शान्तपुर्वक काम गर्न सुझाव दिनुपर्छ । यसरी राम्रो चरित्रको महत्व सम्झाउनु पर्छ । किनकी एकपटक चरित्रमा दाग लागेमा मेटाउन गाह्रो हुन्छ । Photo-Agency



प्रतिक्रिया दिनुहोस्