Logo

कर्मचारीद्वारा कोभिड अस्पताललाई सहयोग



भोजपुर, २८ जेठ: षडानन्द नगरपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई वडा कार्यालयका कर्मचारीले सहयोग सङ्कलन गरी विविध सामाग्री हस्तान्तरण गरेका छन् । अस्पताललाई पाँच शय्या, दुई व्हीलचेयर, २५ पिपिइसेट र एडल्ट डायपर १०० थान अस्पताललाई कर्मचारीले सहयोग गरेका हुन् ।

कर्मचारीले एक लाख ५१ हजार रकम सङ्कलन गरेर स्वास्थ्य सामग्री खरिद गरेर अस्पताललाई बुझाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम बस्नेतले जानकारी दिए ।

उनले अस्पतालमा आएका बिरामीलाई भुईमा राख्ने अवस्था नआओस भनेर शय्यासहितका सामाग्री दिइएको बताए । नगरप्रमुख वीरवल राईले कर्मचारीले आफ्नो तलब कट्टा गरेर अस्पताललाई सहयोग गर्नु स्वागतयोग्य काम रहेको बताए ।

बासिखोरामा प्रहरी चौकी

भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ७ बासिखोरामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकृत प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए । सो क्षेत्रको शान्ति सुरक्षालाई ध्यान दिएर प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीको ब्यवस्था गरिएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्