Logo

रिया चक्रवर्तीलाई ‘द्रौपदी’ बन्ने अफर



एजेन्सी, २८ जेठ । बलिउड अभिनेत्री रिया चक्रवर्ती १ वर्ष यता प्रेमी तथा अभिनेता सुशान्त सिंह राजपुतको निधन भएसँगै चर्चामा रहिन् । केहि दिन अघि मात्र रियाले मोस्ट डिजायरेबल विमेन २०२० को टपको उपाधि हात पारेकी छिन् । फेरी उनलाई नयाँ ठुलो प्रोजक्ट हात लागेको समाचार बाहिर आएको छ ।

समाचार अनुसार रियालाई महाभारतबाट प्रेरित फिल्म द्रौपदीको भुमिकाको अफर आएको छ । यस भुमिकालाई लिएर निर्माता र रियाको कुरा भइरहेको जनाइएको छ ।

महाभारतमा आधारित यस फिल्मको कहानी आधुनिक संसार र आजको समाजमा आधारित हुने भएको छ । जुन यो भन्दा पहिले कहिल्यै भएको थिएन् ।

२०१८ मा रिया फिल्म ‘जलेबी’मा देखिएकी थिइन् । चाँडैनै ‘चेहेरे’ फिल्ममा पनि देखिदै छिन् । यस फिल्ममा अमिताभ बच्चन, इमरान हाशमी, अनु कपुर लगायतको भुमिका रहको छ । तेलुगु फिल्मबाट करियर सुरु गरेकी रिया बलिउडमा पनि केही फिल्ममा काम गरिसकेकी छिन् । सुशान्त सिंह मृत्यु प्रकरणमा उनी जेल समेत जानुपर्यो ।

 



प्रतिक्रिया दिनुहोस्