Logo

खाद्य संस्थान बाजुरामा चामल किन्नेको भीड



बाजुरा २८ जेठ । निषेधाज्ञाका बिच पनि खाद्य संस्थान बाजुरा शाखामा चामल किन्नेको भीड लागेको छ । नेपाल सरकारले लडकउनलाई मध्यनजर गरेर खाद्य संस्थानको चामल बिक्रिमा २० प्रतिशत छुट गरेपछि संस्थानमा भिड लाग्ने गरेको हो ।

कोरोनाको कहरबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएपनि सदरमुकाम मार्तडीमा रहेको खाद्य संस्थानको डिपोमा चामल किन्नेको भडीभाड हुने गरेको छ । संस्थानले प्रहरीको सुरक्षामा सामाजिक दूरी कायम गरेर चामल बिक्री गर्ने बताएको भए पनि नागरिकले नमानेपछि भीडभाडमै चामल बिक्री गरिएको हो ।

खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेघराज ओझाका अनुसार सामाजिक दूरी कायम गर्न आग्रह गरिएको भएपनि धेरैको संख्यामा चामल किन्न आउने भएकाले व्यवस्थापन गर्न निकै समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने चामल बिक्रि गर्दा सामाजिक दुरी र कायम गरेर मात्र दिन संस्थानलाइ भनिएको छ।

बिहान ७ बजेदेखि ९ बजेसम्म चामल बिक्री गर्ने गरेको संस्थानमा दैनिक ३ सय जना भन्दा बढी चालम किन्न आउने गरेका छन् । सरकारले देशभर खाद्य संस्थानको डिपोबाट लकडाउनलाई मध्ये नजर गर्दै जेठ २३ गतेबाट चामल बिक्रि मूल्यमा २० प्रतिशत छुुट गरेको थियो ।

खाद्य संस्थान बाजुरा शाखा, कोल्टि शाखा र कवाडी बिक्रि केन्द्रमा २३ गतेबाट २० प्रतिशत छुुटमा चामल बिक्रि शुरु गरेको खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताए । मोटा चामल प्रतिकेजी ४५ रुपैयाँमा बिक्रि गर्ने संस्थानले अहिले प्रति केजी ३६ मा बाजुरामा बिक्रि गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्