Logo

साथीलाई बचाउन खोज्दा पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु



धनुषा, २८ जेठ । पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । मुखियापट्टी गाउँपालिकाको एउटै टोलका बालिकाहरुको खेतमा खनिएको पोखरीमा डुबेर मृत्यु भएको हो ।

धनुषा प्रहरीका प्रवक्ता मकेन्द्रकुमार मिश्रले बालिकाहरुको शव पोखरीबाट निकालिएको जानकारी दिए । बाख्रा चराउन जाँदा एक बालिका डुबेको र बचाउन क्रममा अरु पनि डुबेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले बतायो ।

बालिकाहरु मुसरनियास्थित हलास यादवको खेतमा खनिएको पोखरीमा पुग्दा घटना भएको थियो ।

मृत्यु भएका बालिकाहरु १० देखि १२ वर्षको बीचका छन् । मृत्यु हुनेहरुमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्द्रकुमारी भगत, १३ वर्षीया मन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललिता सहनी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्