Logo

सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन् : गगन थापा



काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि जनस्वास्थ्यमा पर्ने दीर्घकालिन असरलाई पूर्ण बेवास्ता गर्दै कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञाबाट फाइदा उठाउने प्रपञ्च गरेपछि देशको सचेत नागरिक सडकमा आउनुको विकल्प नहुने बताएका छन् ।

आज बिएण्डसीलाई सम्बधन दिन लागिएको भन्दै विरोध प्रदर्शनमा उत्रिएकाहरुलाई पक्राउ गरिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–‘निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत हो।तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि,जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै ,कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गर्छ,देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन।’



प्रतिक्रिया दिनुहोस्