Logo

शुक्रबार लक्ष्मी प्रसन्न भएमा धन, सुख र समृद्धि प्राप्त हुने



एजेन्सी, २८ जेठ । हिन्दु धर्ममा पुजा गर्न प्रत्येक दिन शुभ मानिन्छ । यसकारण प्रत्येक देवी–देवताको पुजाको लागि दिन छुट्टाइएको छ । माता लक्ष्मीको पुजाको लागि शुक्रबारको दिन विशेष महत्व राख्छ । शुक्रबार वैभव लक्ष्मीको पुजा गर्दा मां को कृपा हुने र पुरै जीवनमा सुखः, शान्ति, समृद्धि, धन र यश प्राप्त हुनेछ । धन प्राप्तिको कामनाको लागि शास्त्र अनुसार पुजा गर्दा सबै मनोकामना पुर्ण हुन्छ । जब सम्म लक्ष्मीको कृपा हुँदैन तबसम्म सुखः प्राप्ति सँभव हुँदैन् । यदि सुखः, सम्पत्ति चाहान्छौ भने यी उपाउ गर्नुपर्छ ।

मां लक्ष्मीलाई प्रसन्न गर्ने उपाय

  • यदि विशेष कामको लागि बाहिर जाँदै हुनुहुन्छ भने जानु भन्दा पहिला दही खाएर निस्कनुहोस् ।
  • यदि काममा बारम्बार अवरोध आएमा शुक्रबारको दिन कालो कमिलालाई चिनि चढाउनुहोस् ।
  • यदि पति–पत्निबीच तनाब भएमा शुक्रबारको दिन शयनकक्षमा प्रेमी पंक्षी जोडीको तस्वीर राख्नुहोस् ।
  • शुक्रबारको दिन लक्ष्मीको मन्दिरमा शंख, कमल फुल, मिठाई, मकैको फुल, कौडा अर्पित गर्नुहास् । यी वस्तु महालक्ष्मी मां को धेरै प्रिय हुन् ।
  • पीपलको वृक्षको छायाँमा उभिएर भाडाँमा जल, चीनी, घ्यिउमा दुध मिसाएर वृक्षमा चढाउने । यसले घरमा लामो समयसम्म सुख–समृद्धि र लक्ष्मीको वास हुन्छ ।
  • घरमा लगातार धनहानी भएमा घरको मुल ढोका अगाडि गुलालमा रंगोली बनाएर शुद्ध घ्यिउको दुईमुख बत्ती बाल्नुपर्छ । बत्तीहरु बलेर सकिएपछि बगिरहेको नदीमा बगाउनुपर्छ ।
  • मां गजलक्ष्मीको उपासना गर्दा सम्पत्ति र सन्तानको प्राप्ति हुन्छ ।
  • कहिल्यै पनि अन्नको अपमान गर्न हुँदैन ।
  • क्रोधमा आएर खाने थाल फाल्नुुहुन्न, यदि फालेमा घरमा कहिल्यै पनि धन, वैभव र सुखः रहदैन । धार्मिक ग्रन्थको सहयोगमा


प्रतिक्रिया दिनुहोस्