Logo

भारतीय सेनाको सहयोग स्वास्थ्य साामाग्री नेपाली सेनालाई प्रदान



काठमााडौं, २८ जेठ । भारतीय सेनाले सहयोग गरेको स्वास्थ्य–सामाग्री नेपाली सेनालाई प्रदान गरिएको छ । आज (शुक्रबार) भारतीय राजदूत विनय मोहन क्वात्राले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य–सामग्री हस्तान्तरण गरेका हुन् ।

क्वात्राले कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भेन्टिलेटर, ICU वेडहरु, PPE सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा महारथी थापाले भारतीय महामहिम राजदूतलाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्