Logo

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल



काठमाडौं, २८ जेठ । सिभिल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेललाई नियुक्त गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकबाट प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त भएका हुन् ।

सीइओ गोविन्द गुरूङले राजिनामा दिएपछि डेपुटी सीइओमा रहेका पोखरेललाई बैंकले सीइओमा नियुक्त गरेको हो । कम्पनीले आगामी असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष सम्मका लागि पोखरेललाई नियुक्त गरेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्