Logo

अमेरिका-रुस सम्बन्धः पृथ्वीमा द्वन्द्व, अन्तरीक्षमा सहकार्य



एजेनसी, २८ जेठ । अमेरिका र रुस परस्पर विरोधी देश मानिन्छन् । यी दुई देशबीच टकराव भइरहन्छ । विश्वसका दुई शक्तिशाली मुलुकबीच युद्धको अवस्था पनि नभएको होइन ।

तर, पृथ्वीमा द्वन्द्वात्मक सम्बन्ध भएपछि अन्तरीक्षमा अमेरिका र रुसबीचको सम्बन्ध गहिरो र प्रगाढ छ । दुवै देशबीच अन्तरीक्षमा सहकार्य पनि हुन्छ । राजनीतिक सम्बन्धलाई थाती राखेर अन्तरीक्षमा दुवै देशले सुमधुर सम्बन्ध स्थापित गरी सहकार्य गर्दै आएका छन् ।

अमेरिकी अन्तरीक्ष केन्द्र नासाका प्रशासक बिल नेल्सनले रुसी अन्तरीक्ष केन्द्र रोसकोसमोसका प्रमुख डिमिट्री रोगोजिनसँगको भेटपछि अमेरिका र रुसबीचको अन्तरीक्षमा सम्बन्धलाई पृथक र अभूतपूर्व भनेका छन् । यो कदापि रोकिन नहुने समेत बताएका छन् ।

नेल्सनले भने,‘हामी अन्तरीक्षमा साथमा छौं र यसलाई रोकन चाहँदैनौं ।’ राजनीतिमा जतिसुकै तनाव हुँदा पनि अन्तरीक्षमा सहकार्य अभूतपूर्व रहेको समेत बताए । शितयुद्ध हुँदा समेत दुवै देशका अन्तरीक्षयात्री साथमा बसेको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्