Logo

चिनियाँ रोभरले पठायो मङ्गल ग्रहको यस्तो तस्बिर



एजेनसी, २८ जेठ । चीनले मङ्गल ग्रहमा पठाएको रोभरले रोचक तस्बिर पठाएको छ । यसलाई शुक्रबार चीनको अन्तरीक्ष प्रशासनले सार्वजनिक गरेको छ ।

तियानवेन १ ले पठाएको तस्बिरहरुमा मङ्गल ग्रहको शतह र रोभरको दृश्य पनि देखिन्छ । तस्बिरमा समथर भूभाग र विभिन्न आकारका चट्टान देख्न सकिन्छ ।
चीनको रोभर ६ मिटर चलेर तस्बिर लिएको जनाइएको छ । रोभर १.८५ मिटर उचाइको र २४० तौलको छ ।

तस्बिर स्रोतः सीएनएसए



प्रतिक्रिया दिनुहोस्