Logo

खैरो हेरोईन सहित दुई पक्राउ



कञ्चनपुर, २८ जेठ । खैरो हेरोईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका–२ बाट २ ग्राम ४ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जना बिहीबार साँझ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१८ बस्ने ३० वर्षीय अभय सिंह र ३० वर्षीय हरिस बोहोरा रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्