Logo

शुक्रबार ३७ सय ५० संक्रमित थप, ६७ जनाको मृत्यु



काठमाडौं, २८ जेठ । आज नेपालमा कोरोना भाइरसका ३ हजार ७ सय ५० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ९६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा आज ६७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ ।

आज ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८ सय १६ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्