Logo

के गणतन्त्र यस्तै हुन्छ ?



बिष्णु भण्डारी

वा सरकार !
हिजो सडकमा संगै रहेको नागरिक समाज
आज तिम्रै विरुद्ध बोल्नु पर्ने दिन आएछ,
समाचार भन्दै छ,
गिरफ्तार पो गर्यौ अरे,
के साच्चीकै,
सत्ता यति अन्धो हुन्छ ?
धृतराष्ट्र जन्मिदै अन्धा थिए
तर तिम्रा त आँखा छन,
यो हाम्रो दुर्भाग्य हुनु पर्छ
ज्योती गुमेछ
दृस्टी गुमेछ,
तिमी देख्दैनौ,
जनता रोगले मरिरहेका छन् ।
भोकले मरिरहेका छन् ।
तिमी देख्दैनौ,
बा !!!!! सुनन,
मलाई यत्ति भन्न मन लाग्यो
ओ बा !
किन यत्ति नाङ्गो भएको,
जनतालाई लाज लाग्यो अरे !
के गणतन्त्र यस्तै हुन्छ ?

 



प्रतिक्रिया दिनुहोस्