Logo

मिनेन्द्र रिजालको टिप्पणी : ओली सरकारलाइ अद्योविन्दुमा पुग्न धेरै लाग्दैन



काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले सरकारले नागरिक समाजमाथि ज्यादती गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यो दिशा र गतिमा ओली सरकारलाई आफ्नो गन्तव्य अर्थात अद्योविन्दुमा पुग्न धेरै नलाग्ने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्-“सन्दर्भ आज नागरिक समाजमाथिको ज्यादती: प्रष्ट छ, यो दिशा र गतिमा ओली सरकारलाइ आफ्नो गन्तव्य, अर्थात अधोबिंदु पुग्न धेरै लाग्दैन। आम नागरिकमाथि यो सरकार जाई लाग्नु कालो बादल हो, तर चाँदीको घेरा चाहिँ देशले यसबाट मुक्ति पाउन धेरै पर्खनु पर्दैन।”



प्रतिक्रिया दिनुहोस्