Logo

प्रदिप पौडेलद्वारा तनहुँका सम्पुर्ण स्थानिय तहमा अक्सिजन कन्सन्ट्रेसनसहित स्वास्थ्य सामाग्री वितरण



तनहुँ, २८ जेठ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले तनहुँ जिल्लाका सम्पुर्ण स्थानिय तहमा अक्सिजन कन्सन्ट्रेसनसहित स्वास्थ्य सामाग्री वितरण गरेका छन् । तनहुँको ६ गाउँपालिका र ४ नगरपालिकाका तरुणदलका सभापति मार्फत नेता पौडेलले दुई चरणमा उक्त स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

पौडेलले कोभिड नियन्त्रणका लागि तनहुँका ६ गाउँपालिका र ४ नगरपालिकामा १ लाख ३० हजार मास्क, पीपीई सेट (अस्थायी र स्थायी) २००० पिस, ५ हजार फेस शिल्ड,  एन–९५ मास्क १५०० वटा, ग्लोब्स् र १० वटा अक्सिजन कन्सन्ट्रेसन वितरण गरेको बताए । उनले ५ गाउँपालिकाहरु म्याग्दे गाउँपालिका-१, ऋषिङ गाउँपालिका-१, देवघाट गाउँपालिका-१, आँबुखैरनी गाउँपालिका-१, घिरिङ गाउँपालिका-१, बन्दिपुर गाउँपालिका- २ वटा र ४ नगरपालिकाहरु भिमाद नगरपालिका-१, शुक्लागण्डकी नगरपालिका-१, भानु नगरपालिका-१ र ब्यास नगरपालिका नगरपालिकालाई-१ गरी १० वटा अक्सिजन कन्सन्ट्रेसन लगायत स्वास्थ्य सामाग्रीहरु वितरण गरेका हुन् । नेविसंघका नेता रोजन बानियाँको विशेष पहलमा बन्दिपुर अस्पताललाई गाउँपालिकाका अध्यक्ष पुर्ण सिं थापामार्फत २ वटा अक्सिजन कन्सन्ट्रेसनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

नेता पौडेलले तनहुँ जिल्लाको साथै नेपालको प्रत्येक जिल्लामा मास्क अभियान चलाउने समेत प्रतिबद्धता गरेका छन् । अब सर्लाही जिल्लामा पनि कोभिड–१९ नियन्त्रणको स्वस्थ्य सामाग्री पठाउने तयारी भइरहेको छ जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम