Logo

गोकुल बाँस्कोटाको टिप्पणी : केपी ओली नमारे कांग्रेसले नजित्ने रहेछ



काठमाडौं, २९ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कुनै भयानक षड्यन्त्र हुँदै रहेछ भन्ने टिप्पणी गरेका छन् । कांग्रेसका बाग्मती प्रदेश सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएपछि बाँस्कोटाको यस्तो भनाई आएको हो ।

नेता बाँस्कोटाले भनेका छन्-केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ।नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ?ओली बिरोधी गठबन्धन नै यसमा सामेल त छैन? काँङग्रेसको आधिकारिक भनाई चाहिन्छ।एमालेहरु सचेत बन।”

महेश बस्नेतको प्रश्न : गान्धीलाई जस्तै केपी ओलीलाई मार्ने षड्यन्त्र कांग्रेसले बनाएको हो त ?

बैद्यले प्रदेशसभाको आजको बैठकमा यस्तो भनेका थिए-“खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु।” File Photo



प्रतिक्रिया दिनुहोस्