Logo

प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार छु भन्ने सांसद बैद्यलाई कांग्रेसले भन्यो-आत्मालोचना गर्नुपर्छ, उन्मुक्ति हुन्न



काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको भनेर दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै पार्टीले उन्मुक्ति नदिने बताएका छन् ।

शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन्-सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोलि र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न l शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ l तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ! अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइनl”

उनले सडकमा पनि राख्नुपर्ने संयम संसद्मा गुमाउन नपाईने उल्लेख गर्दै तत्काल शब्द फिर्ता लिए आत्मालोचना गर्न सांसद बैद्यलाई र्निेशन दिईने बाएका छन् । उनले तर्कले आपत्तिजनक शब्द छोप्ने आफूहरुको परम्परा नभएको पनि उल्लेख गरेका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको पनि बताएका छन् । उता, एमालेका नेता तथा कार्यकर्ताहरुले बैद्यलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्