Logo

नरोत्तम बैद्यलाई माफी माग्न काँग्रेसकै नेताहरुको चर्काे दवाव



काठमाडौं, जेठ २९ । बाग्मती प्रदेश सभाका काँग्रेसका सदस्य नरोत्तम बैद्यलाइ तत्काल माफी माग्न काँग्रेसकै नेताहरुले दवाव दिएका छन् ।

बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि नाथुराम गोड्सेको आवश्यकता रहेको आशयको अभिव्यक्ति प्रदेश सभाको बैठकमा दिएकाले उनलाई तत्काल माफी माग्न काँग्रेस नेताहरुले दवाव दिएका हुन् ।

प्रदेश सभाको काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले उनलाई आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिन निर्देशन नै दिएका छन् ।

सामाजिक संजाल मार्फत “कांग्रेस सांसद बैद्यले आज वाग्मती प्रदेशशभा बैठकमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले उल्लेख गरेका छन् ।

आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन दिएको उनले उल्लेख गरेका छन् ।

बैद्ययको अभिव्यक्तिलाई काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगनकुमार थापालगायतले पनि आपत्तिजनक भएको उल्लेख गरेका छन् ।

उनीहरुले पनि बैद्यलाई तत्काल गल्ती महसुस गरी सार्वजनिक रुपमा क्षमायाचना गर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्