Logo

वैद्यको अभिव्यक्ति फौजदारी कानुन आकर्षित हुने विषय होः एमाले



काठमाडौं, जेठ २९ । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने धम्की सहितको अभिव्यक्तिको नेकपा एमालेले भत्सर्ना गरेको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको भन्दै यसलाई पार्टीले गम्भीर रुपमा लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्