Logo

भीम रावलको प्रश्न : प्रधानमन्त्री केपी र सरकार किन चुप ?



काठमाडौं, २९ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले भारतले दार्चुलामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने क्रममा गरिएको विस्फोटबाट व्यास गाउँपालिकामा घोडेटो बाटो क्षतिग्रस्त भएको उल्लेख गर्दै यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र सरकार किन चुप ? भन्दै प्रश्न तेर्साएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न गरेका हुन् । उनले देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्रधानमन्त्री र सरकार च्यूत भइसकेका हुन ? भन्ने पनि प्रश्न उठाएका छन् । उनले लेखेका छन्-“भारतले दार्चुला जिल्लामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको छ।यही क्रममा गरिएको बिष्फोटबाट व्यास गा.पा. मा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार छ।प्र.मं केपी र सरकार किन चुप? कि देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्र.मं. र सरकार च्युत भइसकेका हुन् ?”



प्रतिक्रिया दिनुहोस्