Logo

प्रधानमन्त्रीज्यूलाई धेरै-धेरै धन्यवाद, ४० वर्षपछि किसानको छोरो मन्त्री बनेको छ : मन्त्री राना (भिडिओसहित)



काठमाडौं, २९ जेठ । नवनियुक्त वन तथा वातावरणमन्त्री नारदमुनि रानाले आफूलाई विश्वास गरेर मन्त्री बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापन गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री रानाले यस्तो बताएका हुन् ।

उनले आफूमाथि रातो पासपोर्ट बेचेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको पनि स्पष्ट पारेका छन् । उनले भने-“यो बेमौसमको बाजा हो । जहाँसम्म तपाईँले यो रातो पासपोर्टको कुरा गर्नुभयो, गिरोहले मेरो रातो पासपोर्ट दुरुपयोग गर्यो होला । यो कुरा मैले भनिरहन पर्दैन् । जन्ममिति अर्काको छ, फिंगर प्रिन्ट अर्काको छ, फोटो अर्काको छ ।”



प्रतिक्रिया दिनुहोस्