Logo

जसपा नेता झाले बालकृष्ण न्यौपानेलाई चुप लगाएपछि (भिडिओसहित)



काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी, नेपालका नेता डा. सुरेन्द्र झा र अधिवक्ता बालकृष्ण न्यौपानेबीच चर्काचर्की परेको छ। हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसँगको कुराकानीमा नेता झा र अधिवक्ता न्यौपानेबीच सवालजवाफ परेको हो ।

नेता झाले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अदालतले दिएको आदेशप्रति आफ्नो विमति राखेका छन् । उनले उक्त अध्यादेशबारे चौतर्फी विरोध भएको भन्ने कुरामा सत्यता नभएको पनि जिकिर गरे । विगत तीन वर्षदेखि विद्येयक विचाराधिन भएको कुरा उल्लेख गर्दै अहिले अध्यादेश आउँदा सबै खुशी हुनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्