Logo

मन्त्री बनेकाहरुलाई साधारण सदस्यबाट हटाईसक्यौं, उपेन्द्र यादव एकल अध्यक्ष हो : यादव (भिडिओसहित)



काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता महेन्द्रराय यादवले पार्टी नफुटेको दाबी गरेका छन् । उनले पार्टीमा आफूहरुले बहुमत पुर्याएर ४ जनालाई कारबाही गरिएको स्पष्ट पारे । र, कारबाहीको प्रक्रिया निर्वाचन आयोगसम्म पुगेको पनि उनले दाबी गरे ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मन्त्री बनेका सबैजनालाई साधारण सदस्यबाट निकालेको जनाए । उनले पार्टीको अध्यक्ष उपेन्द्र यादव रहेको र अब एकल अध्यक्ष यादव नै रहेको पनि दाबी गरे ।

महन्थ ठाकुर र राजेन्द्र महतोहरुले मधेशी जनतालाई छारो हालेको र धोका दिएको पनि उनको आरोप छ । उनले वर्तमान सरकारले उपलब्धि समाप्त पार्ने काम गरिरहेको पनि आरोप लगाए । सरकारको यो षड्यन्त्रमा ठाकुर र महतोहरु मतियार बनेको पनि यादवले बताए ।



प्रतिक्रिया दिनुहोस्