Logo

बन्दीपुरमा निर्माणधीन पाँचतारे होटल



तनहुँ, २९ जेठ: बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेडले बन्दीपुरमा पाँचतारे होटलको निर्माण कार्य अघि बढाएको छ । पहिलो चरणमा केबुलकार र दोस्रो चरणमा क्विन टावर सञ्चालन गर्ने योजना रहेको सो परियोजनाले जनाएको छ ।पन्ध्र तले होटलको हालसम्म ६० प्रतिशत कार्य भएको बताइएको छ । निर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।

रु.एक अर्ब ७८ करोडको लागतमा होटल र केबुलकार निर्माण गर्न लागेको हो । अध्यक्ष शर्माले भने, ‘‘होटलमा गण्डकी प्रदेशकै ठूलो एक हजार जना क्षमताको सभाहल र ७२ कोठा हुनेछन् भने केबुलकार सिधै पाँचतारे होटेलमा प्रवेश गराइने छ ।’’ होटलमा सिसमहल, वाक्स म्युजियम, भूत बङ्गला, रेस्ट्रो जोन, पौडी पोखरी पनि रहनेछ ।-रासस



प्रतिक्रिया दिनुहोस्