Logo

सभापतिले भदौमा महाधिवेशन हुन्छ भनिसक्नुभयो, सकारात्मक रुपमा हेर्नुपर्छ : शेखर कोइराला (अन्तर्वार्तासहित)



नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले भदौमै पार्टीको १४औं महाधिवेशन हुने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले नै वक्तव्य निकालेर भदौमा महाधिवेशन हुने बताएकोले सबैले यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाई छ । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत त नेता कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपाली काँग्रेसको १४औं महाअधिवेशन अब भदौमा नै हुन्छ ? त्यो सम्भावना देख्नुहुन्छ तपाईँ ?

सभापतिजीले वक्तव्यनै निकाल्नुभएको छ । सभापतिको बक्तव्यलाई त पोजेटिभ्ली हेर्नैपर्ने भयो नि । उहाँले हुन्छ नै भन्नुभएको छ ।

होईन, कसरी हुने भयो त आधार दिनुहोस त ?

क्रियासिल सदस्यहरु हामीहरुले टुँगो लगाईसकेका छौं । अब १०, १२ वटा जिल्ला बाँकी होलान् । क्रियासिल सदस्यहरुको भेरिफिकेशन हुँदैछ । अब त्यो त छानबिन समितिले गर्नुपर्छ । र त्यसपछि त्यहाँ विवादहरु आउँछ ।

विवाद त काँग्रेसमा जहिलेपनि छ नि, कहिले नभएको हो र ?

होईन, क्रियासिल सदस्यको कुरा गर्दा, यसमा त विवाद आउँछ नि । मेरो भनाई के हो भने १४औँ महाअधिवेशन गर्नलाई हिजो सभापतिज्यूले विज्ञप्ती निकाल्नुभएको छ । तपाँईहरु चिन्ता नगर्नुहोस् भन्नुभएको छ र हामीहरुलाई आश्वस्त पार्नुभएको छ । त्यसबाट के बुभिन्छ भने मोडालिटी चेन्ज गरिकन अधिवेशन गर्नुपर्छ । कोरोनाको कहर छ, काडमाडांैमा मात्रै हँुदैन, संविधानतः पनि हामीहरुले भदौभित्र गर्नुपर्नेछ । संविधानले महाअधिवेशन भनेको छैन, संविधानले निर्वाचन भनेको छ । मोडालिटी चेन्ज गरिकन जिल्ला जिल्लामा, प्रदेशमा प्रादेशीक प्रदेशको क्षेत्रहरुमा हामीहरुले निर्वाचन गयौँ भने हुनसक्छ ।

होईन, कसरी महाअधिवेशन हुन्छ ? कोरोनाको महामारिमा भाग लिन सक्छन त प्रतिनिधिहरुले ?

के कुरा गरेको तपाईँहरुले ? के कसरि भन्नुभएको ? महाधिवेशन गर्न त ईच्छाशक्ति हुनुपर्छ । साँढे चार हजारको क्रियासिलको निर्वाचन हुनसक्दैन् । चौध हजारको कसरी गर्नुभयो ? भनेर तपाँईहरुले कोरोनाको कहरको बेलामा प्रश्न गरेको होईन ? १४ हजारको अनि तपाँईँहरुले भोट हालेको होईन । तपाँईहरुले गर्नहुने नेपाली काँग्रेसले गर्नसक्दैन । सभापति लगायत अरु साथीहरुको इच्छाशक्ति छ कि छैन भन्ने कुरा मात्र हो ।

तर, सभापतिले त भित्रैदेखि महाधिवेशन चाहनुभएको छैन भनेर आरोप लाग्ने गरेको छ नि ? के भन्नुहुन्छ ? उहाँ भित्रैबाट महाधिवेशन गर्न तयार हुनुभएको हो त ?

एउटा पार्टीको सभापति जिम्मेवार व्यक्तिले विज्ञप्ती निकालेर आश्वस्त पार्नुभएको छ । हामीले विश्वास गर्नुपर्यो । त्यसको लागि हामीले पहल गर्नुपर्यो । अब तपाईँको प्रश्न यो हुनसक्छ कि क्रियाशिल विवाद हुन्छ के गर्ने भन्ने कुरा छ । मेरो भनाई के छ भने सभापतिजीबाट अब सेन्ट्रल कमिटी त अहिले बस्छ जस्तो लाग्दैन मलाई अलिकति खुकुलो हुनुपर्यो सेन्ट्रल कमिटी बस्नलाई पदाधिकारी बसेर कसरी अगाडि बढ्ने भन्नेमा आजै तयारी गर्नुपर्यो उहाँले हिजो विज्ञप्ती निकाल्नुभयो पदाधिकारीहरु बस्नुपर्यो । पदाधिकारी र पुर्व पदापधकारीले ठुला ठूला निर्णय गरिरहनुभएको छ । नेपाली काँग्रेसको महाअधिवेशनको बारेमा कुरा त गर्नुपर्यो नि अब सिरियस छलफल गरेर यसलाई निचोडमा निकाल्नुपर्यो ।

महाअधिवेशन गर्नको लागि अहिले जुन खालको समस्या देखिरहेको छ त्यसलाई समाधान गर्नुपर्यो कि परेन ?

सदस्यता वितरण पहिले पहिलेको महाअधिवेशनमा पनि हुन्थ्यो । यसपटक अलिकति बेसी छ । यो कुरा म मान्छु । तर, जुन जुन जिल्ला, क्षेत्र र वडामा विवा छ त्यो विवादलाई थाँती राख्ने, अनि तिनीहरुलाई १५औं महाअधिवेशनमा राखिदिने र जुन जुन वार्डहरुमा र जुन क्षेत्रमा विवाद छैन्, त्यहाँमात्रै क्रियासिल मान्यता दिने । अनि जिल्ला जिल्लामा भोटिङ गर्ने । यो मेरै क्षेत्रमा पनि भएको कुरा हो ।

त्यसोभए महा अधिवेशनको लागि सभापति देखी तपाईँहरु सबै तयर हुनुहुन्छ । भदौँमा महा अधिवेशन हुन्छ ?

सुन्नुहोस् न सभापतिजीले त एउटा विज्ञप्ती निकाल्नुभयो तपाईँहरु आशंका नर्गनुहोस् भदौमा महाअधिवेशन हुन्छ भनेर त्यो राम्रो हो । तर, त्यतिले त अधिवेशन हुँदैननि । छानबिन समितिले कति काम गरेको छ । छानबिन समितिका पदाधिकारी बस्नुपर्यौ । केन्द्रीय कमिटी हुन सक्दैन् । केन्द्रिीय कमिटी नभएपछि पधादिकारीले भनेको हामीले त मानेकै छौँ । नेपाली काँग्रेसको १४औँ महाअधिवेशनको बारेमा पदाधिकारीहरुको छलफल भएकै छैन । सबैभन्दा महत्वपूर्ण कुरा आजै गर्नुपर्यौ। अब पदाधिकारीहरु नबसिकन त हुदैन नि त सेन्ट्रल कमिटी कोरोनाको कारणले बस्न नसक्ने अनि पदाधिकारीहरु पनि बस्न सकेनन् भने के हुन्छ हालत ।

काँग्रेसले समयमा महाअधिवेशन कहिलेपनि गर्नसकेन ? किन कमिकमजोरी गरिरहेको छ ?

किन कमिकमजोरी भयो त पदाधिकारी र सभापतिजीलाई सोध्नुहोस् ।

होईन, किन कार्यतालिका अनुसार महाअधिवेशन हुँदैन काँग्रेसको ? समस्या त छ नि ? यो कुरा तपाईँ मान्न तयार हुनुुहुन्न ?

हो, यहाँ त के छ भने असार ५ गते हुनुपर्ने छ । असार ५ गते हुनसक्दैन । वडाको कार्यतालिका त चेन्ज हुन्छ । त्यसमा हामीहरुले शंका नगरौँ । तर, पदाधिकारीहरु बसेर चेन्ज गरेर ल्याउनुपर्यो नि त । छानबिन समिति अलिकति कडा तरिकाले उभिनुपर्यौ । उहाँहरुले राम्रो भूमिका खेल्दिनपुर्यो ।

त्यसोभए संवैधानिक संकटमा काँग्रेस जाँदैन ? भदौमा महाअधिवेशन भएन भने त कांग्रेसमा संवैधानिक संकट उत्पन्न हुन्छ नि ?

त्यो त वैधानिकता नै समाप्त हुन्छ । नेपाली काँग्रेस नै समाप्त हुन्छ । त्यो बुझ्नुहोस् कुनै कारणवस नेपाली काँग्रेसको अधिवेशन भएन भने नेपाली काँग्रेसको वैधानिकता समाप्त हुन्छ । त्योपनि बुझनुहोस् त्यो हामी सबैले बुझेका छौँ । सभापतिजीले झन धेरै बुझ्नुभएको होला किनभने तपाँईले देख्नुभयो त नेकपाको पार्टी कसरी छुट्याईयो । एमाले र माओवादी कोर्टमा त कोही न कोही त जान्छ । निर्वाचन आयोगमा कोही न कोही त जान्छ । भएका घट्नाहरुलाई पनि त हेरौँ न हामीले अनि निर्णय लिउँ त्यसकारण यो हुनैपर्छ । यसमा कुनै ईफ एण्ड बट्सको कुरै नगरौँ । हो, हाम्रो छानबिन समितिमा हाम्रो संयोजकजीलाई कोरोना भएको छ । उहाँको शिघ्र स्वास्थ्यलाभको कामना पनि भन्न चाहन्छु । तर, कसरी गर्ने हो त्यो त गर्नुपर्यो नि त कमिटीले त होमवर्क गर्दै जानुपर्यो नि त । संयोजक विरामी हुनुभयो भनेर काम रोक्न थालेर त हुँदैन । अनि सभापतिजीका खाली चिठ्ठीको भरमा मात्रै हँुदैन । संयोजक उहाँ विरामी हुनुहुन्छ । कोरोना भएको छ ।

रमेश लेखकको कुरा गर्नुभएको तपाँईले ?

हो, उहाँसंगै उहाँको परिवारलाई कोरोना भएको छ । शिघ्र स्वास्थ्यलाभको कामना पनि दिन चाहन्छु । तर, काम पनि त हुनुपर्यो नि त । उहाँलाई कोराना भएको छ भनेर छानबिन समितिले चुप लागेर बस्न मिल्दैन नि । अरु अरुले त काम गर्दै जानुपर्यौ नि । हो, त्यो छानबिन समितिले के गर्नेभन्दा एउटा मोडालिटी बनाउनुपर्यो । त्यो मोडालिटीमा अट्नुपर्यो, यहाँ छानबिन समितिमा मोडालिटी बनाउने बेला मेरो मान्छे पर्छ कि पर्दैन् भनेर त हुँदैन । नेपाली काँग्रेसको मान्छे पर्छ कि पर्दैन भनेर हेर्नुपर्यो नि त ।

तपाईँहरुलाई पनि सत्ताको भुत चढेको छ ? २४सै घण्टा सरकारमा कसरी जाने भन्ने बहस भैरहेको छ ? आफ्नो पार्टीको महाअधिवेशनको बारेमा कहाँ छलफल भएको छ भन्नुहोस् त ?

होईन, होईन । हामी त छलफल गर्दैछौं । जुमबाटै छलफल गर्दैछौँ । हामी त धेरै अगाडि बढिसकेका छौँ । यसमा तपाईँहरु ढुक्क हुनुहोस् । महाअधिवेशनको बारेमा हाम्रा साथीहरु र हामीहरु एकदमै अगाडि बढेका छौँ । तर, पदाधिकारी र सभापतिजीहरु नबसिकन उहाँहरुले मोडालिटी र डेट उ नगरिकन् छानबिन समितिले काम नगरिकन त के गर्नुहुन्छ त ? हामीहरु मात्रै अगाडि बढेर त हुँदैन नि, हामी धेरै अगाडि बढिसकेका छौं । त्यो पनि बताईदिन्छु तपाँईलाई ।

तपाईँहरुलाइ त महाअधिवेशनको चिन्ता छैन ? अब सत्ता मात्रै चाहिएको छ ?

यो तपाईँहरुले जुन सरकारको कुरा गर्नुभयो, संसदीय व्यवस्थामा सरकारमा जाने वा सरकारमा नजाने, वा विपक्षमा बस्ने कि वा सरकारको पार्ट हुने, वा मुख्यमन्त्री हुने, वा प्रधानमन्त्री हुने यो सबै चलिरहन्छ । तर, मुल कुरा के हो भने त्यो चल्लनको लागि पार्टीको महाअधिवेशन महत्वपूर्ण छ । पार्टीनै भएकोले त्यो सरकारको कसराहरु आएको हो । पार्टीको वैधानिकता समाप्त हुन थाल्यो, पार्टीको वैधानिकता समाप्त भयो भने हामी कहीँको रहँदैनौँ । शेखर कोईराला रहन्छ, तर शेखर काईराला नेपाली काँग्रेशको केन्द्रीय सदस्य रहँदैन् । त्यो बुझ्नुपर्यो । खाली त्यो कागजमा वैधानिकता बनाएर हुँदैन् । लोकतान्त्रिक पार्टी भन्ने कागजी घोडामात्रै गरेर लोकतन्त्र बचाउँछु भनेर हुँदैन नि । अधिवेशन त हुनुपर्यो नि । संगसंगै सरकारमा जाने कुरा छ, जो सार्थीहरु जानुहुन्छ । जानुहुन्छ नि ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्