Logo

लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्सद्वारा सहयोग



मध्यपुरथिमि, २९ जेठ: कोरोना भाइरस सङ्क्रमित शिक्षाकर्मीलाई घर घरमा स्वास्थ्य सेवा सञ्चालन गर्न सहयोग गर्ने अभियान शुरु भएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) भक्तपुरद्वारा सञ्चालित उक्त अभियानका लागि लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स्ले रु ५० हजार सहयोग प्रदान गरेको छ ।

लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स्का आउट गोइङ प्रेसिडेन्ड कृष्ण कार्की तथा इनकमिङ प्रेसिडेन्ड सुमन बस्नेतले संयुक्त रुपमा भक्तपुर प्याब्सन कोभिड फण्डका सदस्य तथा मध्यपुर प्याब्सनका अध्यक्ष निलेश आचार्यलाई आज सो रकम हस्तान्तरण गरे ।

प्याब्सनले कोरोना भाइरस सङ्क्रमित शिक्षाकर्मीलाई आर्थिक सहयोग, अस्पताल तथा बेड, रगत, प्लाज्माको व्यवस्थापन गर्दै आएको अध्यक्ष आचार्यले बताए । अभियानबाट आएको सहयोगबाटै प्याब्सनले अहिले शिक्षाकर्मीको घर घर मै निःशुल्क स्वाब संक्कलन तथा पिसिआर परीक्षण, चिकित्सकसहितको सेवा, एम्बुलेन्स तथा निःशुल्क अक्सिजन उपलब्ध गराउदै आएको उनले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्