Logo

मुख्यमन्त्री गुरुङद्वारा फेरि मुख्यमन्त्रीमा दाबी



काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुख्यमन्त्रीमा बहुमत दावी गरेका छन् । जेठ २७ गते विश्वासको मत लिन असफल भएका गुरुङ प्रदेश प्रमुख सीता पौडेलले तोकेको समयभित्रै मुख्यमन्त्रीमा दाबी गर्न गएका हुन् । गुरुङले आफूलाई राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको भन्दै पत्रसहित गएका हुन्

उता, कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा, र स्वतन्त्र एक सांसद गरि ३१ जनाले हिजोमात्रै कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री बनाउने भन्दै सशरिर दाबी पेश गरिसकेका छन् । तर, प्रदेश प्रमुख पौडेलले निर्णय गर्न ढिलाई गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्